युक्रेनी राष्ट्रपतिको दाबी : युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिए
शनिबार, ०३ वैशाख २०७९, १४ : ३८
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुअरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन् ।
‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनसँगको कुराकानीका क्रममा उनले भने । युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उनको दाबी छ । मस्कोले गत महिना युद्धमा आफ्ना १३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो ।
युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुबै पक्षले आआफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ : प्रधानमन्त्री
-
मनमोहक मार्फा (तस्बिरहरू)
-
एकीकृत समाजवादीका भ्रातृ संगठनमा किन बल्झिरहन्छ विवाद ?
-
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
एमालेलाई गुरुङको जग्गादान : सर्वोच्चले कानुनसम्मत देखेको आधार (पूर्णपाठ)