बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

चाँगुनारायणमा ह्विलचियर बास्केटबल प्रतियोगिता सुरु

शनिबार, ०३ वैशाख २०७९, १४ : ३३
शनिबार, ०३ वैशाख २०७९

चाँगुनारायण नगरपालिकाको प्रायोजनमा प्रथम चाँगुनारायण ह्विल चियर प्रतियोगिता सुरु भएको छ । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा शनिवारदेखि प्रतियोगिता सुरु भएको हो ।   प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले गरेका हुन् ।

सो क्रममा उनले काठमाडौं महानगरपालिकाको सहयोगमा चाँगुनारायण मन्दिरको पर्यटन विकासका लागि आएको सहयोगलाई मन्दिरसम्म पुग्न अपाङ्गमैत्री सडक निर्माण गर्न लागेको जानकारी गराए । उनले यस्ता प्रतियोगिताका लागि बजेट बन्नुभन्दा पहिले नै योजना ल्याउन समेत आग्रह गरे । 

प्रतियोगितामा सात टिम पुरुष र चार टिम महिलाको सहभागिता रहेको छ । पहिलो खेलमा जाउलाखेल क्लबलाई त्रिभुवन आर्मी क्लबले २१, ३३ ले पराजित गरेको छ । अरु खेल जरी छन् । प्रतियोगिताको फाइनल पनि आजै हुने जनाइएको छ । उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र पनि दिइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप