शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको एकदिवसीय वरियता यथावत

शनिबार, ०३ वैशाख २०७९, १२ : ३६
शनिबार, ०३ वैशाख २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय वरियतामा यथावत रहेको छ ।  अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल पुरानै वरियतामा कायम भएको हो । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १८ औं स्थानमा रहेको छ । अघिल्लो वरियतामा समेत नेपाल १८ औं स्थानमा थियो ।

नयाँ वरियतामा नेपालले १७ खेलमा १८ रेटिङ अंक पाएको छ । नेपालले गत मार्चमा ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै मात्र दुई खेलमा जित निकालेको थियो । नयाँ वरियताको शीर्ष स्थानमा न्युजिल्यान्ड छ । यस्तै, दोस्रोमा इङ्ल्याण्ड, तेस्रोमा अष्ट्रेलिया, चौथोमा भारत र पाँचौ स्थानमा दक्षिण अफ्रिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप