आफ्नो चिह्नबारे बुझाउन अप्ठ्यारो भएपछि सूर्य रोज्यौँ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको चुनाव चिन्हबारे जनतालाई बुझाउन अप्ठ्यारो परेपछि सूर्य चिन्ह रोजिएको बताएका छन् । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापा सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रो पार्टी नयाँ भएका कारण चुनाव चिन्हबारे जनतालाई कम ज्ञान छ, त्यसैले अहिले सूर्य चिन्ह लिएर चुनाव लड्न लाग्यौं ।’
आफु नेतृत्वमा रहँदा १५ वर्षमा कमाएको आम्दानीले अहिलेको राप्रपा चलिरहेको टिप्पणी गर्दै उनले उक्त पार्टीमा सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएपछि नयाँ पार्टी पुनर्जागृत भएको दाबी गरे । अध्यक्ष थापाले नेपालमा अब राजसंस्था पुनःस्थापनाको सम्भावना नभएको समेत बताए । उनले पार्टी स्थापनाको दुई महिनाको छोटो अवधिमा ७७ जिल्लामा पार्टीगत संरचना निर्माण भएको बताउँदै आधा दर्जन बढी भ्रातृ संगठन निर्माण गरिएको बताए । आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले सम्मानजनक उपस्थिति जनाउने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)
-
अर्शदीपको नाममा नयाँ रेकर्ड
-
भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु
-
पाकिस्तानमा केएफसीविरुद्ध प्रदर्शन, एकको मृत्यु