आईपीएल : पहिलो जितको खोजीमा मुम्बई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्टसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा सुरु हुनेछ । मुम्बई आजको खेलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ । लिगमा ५ खेल खेलेको मुम्बई जित विहिन हुँदै तालिकाको पुछारमा छ ।
आजको खेलमा पराजित भएमा मुम्बईको सेमिफाइनल सम्भावना कमजोर बन्ने छ । आज नै हुने अर्काे खेलमा दिल्ली क्यापिटल्सले रोयल्स च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । अजाको खेलमा दिल्ली तेस्रो जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा छ । लिगमा ४ खेल खेलेको दिल्ली ४ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । यता लिगमा ५ खेल खेलेको बैंगलोर ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमानलाई फेरि ज्यान मार्ने धम्की, कारलाई बमले उडाउने सन्देश
-
रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने