दाङमा ट्याक्टर दुर्घटना हुँदा २६ जना घाइते
शनिबार, ०३ वैशाख २०७९, ०८ : २९
दाङमा भएको ट्याक्टर दुर्घटनामा २६ जना घाइते भएका छन् । शुक्रबार साँझ भारतको उत्तरप्रदेशस्थित पाटनदेवी मन्दिरमा लागेको मेला हेर्न जाँदै गरेका यात्रु सवार ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ ।
दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार रा १ त ३७० नम्वरको ट्याक्टर गढवा गाउँपालिका–८ कोइलावास नजिक भिरालो ठाउँमा दुर्घटना भएको हो । उनका अनुसार घाइतेमध्ये गम्भीर १२ जनालाई थप उपचारका लागि गएराति नै कोहलपुर अस्पतालमा पठाइएको छ । अन्य समान्य घाइतेहरूलाई लमही अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा-काठमाडौँ सडक सम्पर्क विच्छेद
-
गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदै गरेको बस सम्पर्कविहीन
-
सुकिला नोटको वितरण आजदेखि, नयाँ नोट ढुकुटीमै 'सिलप्याक'
-
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त
-
अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान
-
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?