बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

महानगर र उप-महानगरबारे छलफल गर्न काँग्रेसको बैठक बस्दै

शनिबार, ०३ वैशाख २०७९, ०७ : ५७
शनिबार, ०३ वैशाख २०७९

स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तासीन नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । शनिबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा महानगर र उपमहानगरको उम्मेदवारीका विषयमा छलफल हुने छ ।

सत्ता गठबन्धनले महानगर र उपमहानगरमा केन्द्रीय तहबाट चुनावी तालमेलको निर्णय लिने सहमति गरेपछि काँग्रेसले बैठक बोलाएको हो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले महानगर र उपमहानगरमा केन्द्रबाट तालमेलको निर्णय लिने सहमति गरेको थियो ।

काँग्रेसको विधानले ११ उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार छनोटको अधिकार प्रदेश संसदीय समितिलाई दिएको छ । ६ वटा महानगरका प्रमुख र उपप्रमुखका उम्मेदवार भने केन्द्रीय संसदीय समितिले चयन गर्ने छ ।

कार्यसम्पादन समिति बैठकबाट आफूले लिने र छोड्ने महानगर र उपमहानगरबारे संस्थागत निर्णय गरी गठबन्धन दलसँगको छलफलमा बस्ने काँग्रेसको रणनीति छ । गठबन्धनको बैठकबाट मात्र निर्णय लिए सिंगो पार्टी पंक्तिले स्वामित्व नलिने खतरा देखिएपछि काँग्रेसले संस्थागत निर्णय लिन खोजेको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप