बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पाल्पा बस दुर्घटनामा दुई जनाको मृत्यु, ४ को अवस्था गम्भीर

शनिबार, ०३ वैशाख २०७९, ०६ : ४६
शनिबार, ०३ वैशाख २०७९

शुक्रबार अपराह्न भएको बस दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जना बालकसहित दुई जनाको गए राती मृत्यु भएको छ । शुक्रबार साँझ रैनादेवि छहरा गाउँपालिकास्थित भित्री सडकमा भएको बस दुर्घटनामा परि रैनादेवि गाउँपालिका–६ धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी र सोही स्थानका होमबहादुर रासकोटीका ७ वर्षीय छोरा अशोक रासकोटीको मृत्यु भएको हो । जिसी बस धनीसमेत रहेको प्रहरीले जनाएको छ । घटनामा ४ जना बालकहरू गम्भीर घाइते भएका छन् ।

सोही वडाको पानीडाँडाबाट जुठापानी तर्फ जाँदै गरेको गु १ ख ४९०९ नम्बरको बस सडक देखि करिब चार सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकृत डिएसी वीरेन्द्र थापाका अनुसार गम्भीर घाइते हुनेहरू मध्ये ३ जनाको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको र एक जनालाई भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप