आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षपतिद्वारा पदभार ग्रहण

शुक्रबार, ०२ वैशाख २०७९, २२ : ०४
शुक्रबार, ०२ वैशाख २०७९

काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष गणेशलाल कक्षपतिले शुक्रबार पदभार ग्रहण गरेका छन् । सानोगौचरणस्थित समितिको कार्यालयमा कक्षपतिले पदभार ग्रहण गरेका हुन् ।

उनलाई समितिकी कार्यालय प्रमुख ज्योति राई, कर्मचारी, प्रशिक्षक, खेलाडीलगायतले स्वागत गर्दै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए । बाग्मती खेलकुद विकास परिषद्ले दक्षिणकाली नगरपालिकाको चाल्नाखेल १ निवासी कक्षपतिलाई २ वर्षका लागि अध्यक्षमा मनोनित गरेको हो । खेलकुद पृष्ठभूमिका ४४ वर्षिय कक्षपति नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्षका साथै प्रमुख प्रशिक्षक हुन् ।

 कक्षपतिले २०५२ सालदेखि क्योकुसिन कराते खेल्न थालेका थिए । उनले २०५५ सालदेखि क्योकुसिनसंगै मुवाँथाई खेललाई पनि संगसंगै अघि बढाए । उनले सन् २०१० मा थाइल्यान्डमा भएको विश्व मुवाँथाई च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । क्योकुसिन करातेका तेश्रो डान कक्षपति मुवाँथाईका सहायक ग्रान्ड मास्टर हुन् ।

कक्षपतिकी छोरा पलिस्था पनि मुवाँथाई खेलाडी हुन् । पलिस्थाले विश्व मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् भने इन्डो–नेपाल मुवाँथाईको तीन फरक संस्करणमा नेपाललाई स्वर्ण दिलाएकी छन् । पदभार ग्रहण कार्यक्रममा कक्षपतिले वार्षिक क्यालेन्डर तयार गरी काठमाडौं जिल्लाको खेलकुदलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुदको मिति घोषणा भइसकेकाले आफ्नो पहिलो प्राथमिकता त्यही हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप