शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मुखियापट्टी मुसहरनीया गाउँपालिका अध्यक्षमा काँग्रेसको दावी

शुक्रबार, ०२ वैशाख २०७९, २१ : ५६
शुक्रबार, ०२ वैशाख २०७९

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका अध्यक्षमा काँग्रेसले दावी गरेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मनोजकुमार यादव विजयी भएको सो गाउँपालिकामा यही वैशाख ३० गते हुने निर्वाचनमा काँग्रेसले दावी गर्दै आएको हो  ।

गाउँपालिकामा आफ्नो जित सुनिश्चित रहेको भन्दै काँग्रेसले  गाउँपालिका सभापति विश्वनाथ यादवलाई अध्यक्षका लागि अगाडि सारेको छ । यादवले गाउँपालिका अध्यक्षका लागि आफूलगायत अन्य नेताहरुको पनि दावी रहेको बताएका छन् । ‘जनताले पहिल्यैदेखि विश्वनाथ आउनुपर्थ्यो भन्ने चाहना व्यक्त गरेका रहेछन् । मैले बल्ल बुझ्दै छु,’ उनले भने ।

आफूले मुखियापट्टी मुसहरनीया गाउँपालिकाका लागि गरेको योगदानको जनताले अवश्य मूल्यांकन गर्ने भन्दै उनले अब यहाँ विकास र समृद्धिको यात्रा सुरु हुने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप