बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसको सर्कुलर : एक घन्टा भाषण, चार जनालाई मञ्चमा आसनग्रहण

शुक्रबार, ०२ वैशाख २०७९, २१ : २५
शुक्रबार, ०२ वैशाख २०७९

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा नेताहरुलाई धेरै समयसम्म भाषण नगर्न सर्कुलर पठाएको छ। उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको चुनावी परिचालन समितिले टोलमा बढीमा एक घन्टा, पालिकास्तरमा दुई घन्टामा भाषण सक्नुपर्ने निर्देशन दिएको हो ।

यस्तै काँग्रेसले विभिन्न उपसमिति गठन गरेर केन्द्रदेखि जिल्लामा प्रतिनिधि र सातै प्रदेशबाट पालिकास्तरमा प्रतिनिधि खटाउने निर्णय गरेको छ । काँग्रेसले चुनावी प्रचारका सभामा चार जनालाई मात्रै मञ्चमा आसन ग्रहण गराउने जनाएको छ ।  सभापति, प्रमुख अतिथि, गठबन्धन रहेका दलका प्रतिनिधि, उम्मेदवारलाई आसन ग्रहण र अरूलाई सामूहिक आसन ग्रहण गराउन निर्देशन दिएको छ ।

यस्तै काँग्रेसले चुनावी सभामा आसन ग्रहण, स्वागत मन्तव्य, राष्ट्रिय गान, मौनधारण, दुई वक्ताको मन्तव्य, सदस्यता वितरण र सभा विसर्जन ढाँचामा कार्यक्रम चलाउनुपर्ने छ। चुनावी सभा गर्दा आचारसंहिता उलङ्घन नगर्न पनि काँग्रेसले निर्देशन दिएको छ। ‘मञ्चमा ब्याच वितरण नगर्ने, चुनाव चिन्ह भएको टोपी, टिसर्ट, गम्छालगायत सामग्री प्रयोग नगर्ने’ निर्देशनमा भनिएको छ। यस्तै  भातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क, जिल्ला सम्बद्ध, अनुगमन तथा मूल्यांकन, निर्वाचन सुरक्षा निकाय, आचारसंहिता तथा अनुगमन उपसमिति गठन गर्ने पनि निर्णय गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप