बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहने

शुक्रबार, ०२ वैशाख २०७९, २० : ३३
शुक्रबार, ०२ वैशाख २०७९

स्पेनिस युवा स्टार पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहने भएका छन् । स्पेनिस क्लब बार्सिलोनाका युवा मिडफिल्डर पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहेने बार्सिलोनाले जनाएको छ ।

पेड्री ह्यामस्ट्रिङ चोटको कारण अनिश्चितकालका लागि मैदानबाट बाहिर रहने भएका हुन्  । १९ वर्षीय मिडफिल्डरले युरोपा लिग अन्तर्गत फ्रान्कफुर्टविरुद्धको खेलमा चोट बोकेका थिए ।

पेड्री मैदान बाहिर रहने कुरा उनको रिकभरीले निर्धारण गर्ने बार्सिलोनाले जनाएको छ । पछिल्लो समय पेड्री बार्सिलोनाका महत्वपूर्ण खेलाडी हुन् ।

उनले यो सिजन ला लिगाका १२ खेलमा ३ गोल गरेका छन् । त्यस्तै युरोपा लिगका ६ खेलमा १ गोल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप