शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा बस दुर्घटना हुँदा ५ जनाको अवस्था गम्भीर

शुक्रबार, ०२ वैशाख २०७९, १९ : २५
शुक्रबार, ०२ वैशाख २०७९

पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । शुक्रबार  जिल्लाको रैनादेवि छहरा गाउँपालिका–६ बल्ढेठाँटी  धारापौवा  भन्ने स्थानमा  ग १ ख ४९०२  नम्वरको बस  दुर्घटना हुँदा अन्दाजी  ४० देखि ४५ वर्ष उमेर समुहका बेदबहादुर जिसी र अर्का एक बालकको अवस्था चिन्ताजनक रहेको छ ।  

एक जना पुरुष र १० देखि १५ वर्ष उमेर समुहका  ४ जना बालबालिकाको अवस्था गम्भीर रहेको पाल्पाका प्रहरी प्रमुख एसपी जनक शाहीले जानकारी दिए । उनका अनुसार  उक्त बस पानी डाँडाबाट जुठेपौवा तर्फ जाँदै थियो । बस करिब ४० मिटर तल खसेको उनले बताए । घटना स्थलमा पुगेका पाल्पाका डिएसपी  बिरेन्द्र थापाले सबैको अवस्था गम्भीर रहेको र बाटोमा ल्याइँदै गरेको बताए । प्रहरीका अनुसार बसमा ६ जना मात्रै सवार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप