आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

शुक्रबार, ०२ वैशाख २०७९, १८ : १२
शुक्रबार, ०२ वैशाख २०७९

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शुक्रबार बढेर ४ करोड ३० लाख ३९ हजार भन्दा बढी पुगेको छ  । पछिल्लो २४ घण्टामा देशभर ९४९ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ४ करोड ३० लाख ३९ हजार ९७२ पुगेको  स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ ।

यसका साथै बिहीबार बिहानसम्म महामारीका कारण थप ६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ५ लाख २१ हजार ७४३ पुगेको छ । अझै पनि यहाँ ११ हजार १९१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । पछिल्लो २४ घण्टामा १३३ सक्रिय सङ्क्रमित बढेको पाइएको छ । ७८ दिनपछि देशमा सक्रिय संख्या बढेको हिजो दोस्रो दिन भएको समाचारमा जनाइएको छ ।  

हालसम्म ४ करोड २५ लाख ७ हजार ३८ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ८१० जना डिस्चार्ज भएका समाचारमा जनाइएको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप