बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अब एक चुनाव हेरौँ भन्ने अवस्था छैन : लिङ्देन

शुक्रबार, ०२ वैशाख २०७९, १८ : ०९
शुक्रबार, ०२ वैशाख २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब फेरि एक चुनाव हेरौँ भन्ने समय नरहेको बताएका छन् । राप्रपा चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले ठूला दललाई फेरि जिताएर देश बनाउन खोज्नु भनेको साँढेको टाङमुनी बाल्टी थापेर दूध आउनु जस्तै भएको बताए ।

ठूला भन्ने दलहरूले विदेशीको सहयोग बिना नेपाललाई बनाउन नसक्ने सोचिरहेको भन्दै उनले भने, ‘अब एक चुनाव हेरौं भन्ने समय छैन । जनता कुनै राजनैतिक दलको गोठको वस्तु होइन। साँढेको टाङमुनी बाल्टी थापेर दूध आउँछ रु’

बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न नेपालीलाई किन बाध्य बनाएको भनेर ठूला दलहरूलाई उनले प्रश्न गरेका छन् । लिङ्देनले कृषिप्रधान देश भन्ने तर किसानले पैसा तिरेर पनि मल किन्न नपाउने अवस्था आउनुमा ठूला दल नै दोषी भएको बताए ।

‘नेपाली युवाले बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो रु’, उनले प्रश्न गरे, ‘कृषिप्रधान देश भन्ने पैसा तिरेर पनि मल बीउ किन्न नपाइने रु चोरीको बाटोबाट ल्याएको मल बीउ किन्नुपर्ने रु’

कसैले उद्योग खोल्न चाह्यो भने सबै दललाई भाग छुट्याउनुपर्ने अवस्था रहेको भन्दै उनले सामान्य कर तिर्न पनि कमिसन खुवाउनुपर्ने बताए । सुकुमबासीलाई एक टुक्रा कागज दिएर दलहरूले मागी खाने भाँडो बनाएको उनको आरोप छ ।

३२ वर्ष एउटै खाले विचार बोकेको दलले देश चलाउँदा सोचेजस्तो परिवर्तन नभएको उनले बताए । ‘३२ वर्षसम्म देश चलाउँदा जनताले देख्न पाउने विकास त टाढाको कुरा, बेरोजगारीको अखडा बन्यो । जसले गर्दा कतिपय गाउँमा मलामी पनि महिला नै जानुपर्छ’, उनले भने ।  

उनले अब विकल्प सोच्ने बेला आएको बताए । ‘चुनावलाई ख्याल ख्याल नठानौँ’, उनले भने, ‘भोट दिनुभन्दा अगाडी हजार पटक सोच्नुस्, बाजे–बाउको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ ।’ गएका चुनावहरूमा ठिक पार्टी र नेता चुन्न नसक्दा देश र जनताले दुःख पाएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप