चुनावी तालमेलविरुद्ध नजान मातहत कमिटीलाई काँग्रेसको निर्देशन

नेपाली काँग्रेसले सत्ता गठबन्धनका विरुद्धमा नजान मातहतका कमिटीलाई निर्देशन दिएको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकले गठबन्धनका विरुद्धमा नबोल्न र नजान निर्देशन दिएको हो ।
बैठकमा पार्टी उपसभापति तथा समितिका संयोजक पूर्णबहादुर खड्काले गठबन्धनका बाध्यता बुझिदिन कार्यकर्तालाई आग्रह पनि गरेको थिए । उनले भने, ‘अहिले गठबन्धन हाम्रो रहर होइन । बाध्यता हो । केपी ओलीले संविधान उल्लंघन गरी प्रतिगमन झल्किँदै सरकार सञ्चालन गरेपछि बाध्य भएर काँग्रेसले सरकार सम्हालेको हो । संविधान जोगाउन गठबन्धन बनेकाले गठबन्धन जोगाउन हाम्रो बाध्यता छ ।’
यस्तै गठबन्धनको सरकार सञ्चालन गरिरहेका बेला निर्वाचन हुन लागेकाले सोही दल मिलेर निर्वाचन लड्ने कुरा सजिलो हुने काँग्रेसको निष्कर्ष निकालेको छ । ‘अहिले गठबन्धनमा आ–आफ्नो विचार राखौं । लचिलो गरी पनि छलफल गरौं,’ खड्काले भने, ‘र पार्टीले सर्वसम्मत ढंगबाट चुनावी तालमेल गर्ने निर्णय गरेकाले त्यसका विरुद्धमा मत राख्ने काम नगर्दा राम्रो हुन्छ । नगर्नुहोला ।’
आजसम्म बोलेपनि अब चुनावी तालमेलका विरुद्धमा नबोल्न उनको कडा निर्देशन छ । प्रदेश, जिल्ला, संघीय निर्वाचन क्षेत्रीय समितिलाई सर्वसम्मत उम्मेदवार चयनमा जोड दिन निर्देशन दिएका थिए । ‘सम्बन्धित निकायले उम्मेदवार चयन सकेसम्म सर्वसम्मत गर्नुहोला । सर्वसम्मत गर्न सक्नुभएन भने तहगत रुपमा माथि पठाउनुहोला । सकभर तलै मिलाउने काम गर्नुहोला,’ खड्काले भने ।
काँग्रेसले स्थानीय तह निर्वाचनका लागि सबै प्रदेश, पालिकामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ । केन्द्रबाट खटाइएका प्रतिनिधिले सम्बन्धित ठाउँमा गठबन्धनभित्र परेका समस्या समाधान गर्न उपसभापति खड्काले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?