शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पञ्चकन्या ग्रुपका उपाध्यक्ष सुप्रबल जनसेवाश्रीद्वारा विभूषित

शुक्रबार, ०२ वैशाख २०७९, १७ : ३५
शुक्रबार, ०२ वैशाख २०७९

पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुव्र कुमार श्रेष्ठ सुप्रबल जनसेवाश्रीद्वारा विभूषित भएका छन् । शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरेकी हुन् । 

नेपाल सरकारको निर्णय अनुसार संविधान दिवसको अवसरमा नेपाली उद्योग तथा व्यवसायिक क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा  अनवरत रुपमा सेवा र योगदान पुर्याएबापत कदर र सम्मान स्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरिएको हो ।

राष्ट्रपति कार्यालयले वैशाख १ गतेका दिन संविधान दिवसमा वितरण गर्ने निर्णय भएको पदक वितरण गर्ने गर्दछ । ५० वर्ष पुरानो नेपालको प्रतिष्ठित व्यवसायिक घराना  पञ्चकन्या ग्रुपले डण्डी पाइप ट्याङ्की लगायत निर्माण साम्रागीको उत्पादन तथा इन्सुरेन्स, हाइड्रोपावर , बैकिङ क्षेत्रमा समेत लगानी गदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप