स्थानीय तह निर्वाचन : काँग्रेसले सबै पालिकामा प्रतिनिधि पठाउने
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर सबै पालिकाहरुमा प्रतिनिधि पठाउने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सबै पालिकाहरुमा प्रतिनिधि उठाउनका लागि निर्देशन दिने निर्णय गरेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।
सहमहामन्त्रीहरूलाई प्रदेश तहमा र प्रदेश र केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लामा पठाइने पनि उनले बताए । त्यसैगरी स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्र्तगत विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ । उपसमितिहरूमा भातृ संघ समन्वय एवम् परिचालन, शुभेच्छुक संस्था समन्वय परिचालन, जिल्ला सम्पर्क समन्वय एवम् परिचालन, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवम् परिचालन, अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिहरू रहेको उनले बताए ।
पार्टीका उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको समितिको बैठकमा चुनावी सभालाई व्यवस्थित बनाउने, आचारसंहिता पालना भए, नभएको अनुगमन गर्ने सम्बन्धमा पनि छलफल भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण