बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

संखुवासभामा पाँच दलीय गठबन्धन टुट्यो : काँग्रेस

शुक्रबार, ०२ वैशाख २०७९, १६ : ५१
शुक्रबार, ०२ वैशाख २०७९

संखुवासभामा स्थानीय तहको निर्वाचनमा  पाँच दलीय गठबन्धन नहुने भएको छ । गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि पाँच दलीय गठबन्धनमा आबद्ध दलबीच खटपट सुरु भएको छ । खाँदबारीमा चार दिनसम्म गठबन्धनको बैठक बस्दा पनि निष्कर्षमा नपुगेपछि गठबन्धन टुटेको अनुमान गरिएको छ ।

पटकपटक छलफलमा बस्दा पनि निर्णय हुन नसकेपछि गठबन्धन लगभग टुटेको कांग्रेस सभापति  दिपक खड्काले बताए । भागबण्डामा कुरा नमिलेपछि गठबन्धन नहुने पक्का भएको बताए । माओवादी केन्द्र छलफलबाट बाहिरिएपछि गठबन्धनको सम्भावना समाप्त भएको उनले बताए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजेन्द्र कार्कीले जानकारी दिए काँग्रेसभित्रको अन्तरविरोधका कारण गठबन्धनमा समस्या भएको बताए । काँग्रेसभित्रको आन्तरिक कलहका कारण शुक्रबार पनि सहमतिमा पुग्न नसकेको केन्द्रीय सदस्य कार्कीले बताए ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो । संखुवासभामा १० स्थानीय तह छन् । त्यसमध्ये काँग्रेसले दुई नगरसहित तीन गाउँपालिका र एमालेले एक नगरसहित दुई गाउँपालिका जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप