आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ललितकला क्षेत्रको विकासमा राज्यले अझै प्रभावकारी बनाउँदै लैजानु पर्ने उपराष्ट्रपतिको जोड

शुक्रबार, ०२ वैशाख २०७९, १६ : ५०
शुक्रबार, ०२ वैशाख २०७९

उपराष्ट्रपति नन्दबहादुर पुनले ललितकला क्षेत्रको विकासको कामलाई राज्यले अझै प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले ललितकला क्षेत्रको समग्र विकास, त्यसका कलाकारहरूप्रति सम्मान र उनीहरुको भविष्यका लागि राज्यले अझै प्रभावकारी ढंगले काम अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले विश्वमा नेपाल र नेपालीको गौरवलाई बचाई राख्न पनि ललितकलाको माध्यामबाट योगदानहरु पु¥याउँदै जानुपर्ने आवश्यक्ता पनि बोध गराए । अरनिको लगायतका ललितकलाका पुञ्जहरुले आफ्नो कलाको माध्यामबाट विश्वसामु नेपाललाई परिचित गराएको स्मरण गराउँदै उपराष्ट्रपति पुनले भविष्यमा पनि नेपालको पहिचानमा ललितकलाको भूमिका महत्वपूर्ण रहिरहने स्पष्ट पारे । उनले ललितकलाले नेपालको अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए ।

उपराष्ट्रपति पुनले ललितकला प्रज्ञा प्रतिष्ठानलाई पनि ललितकलाका कलाकारहरुको समस्या र चुनौतिहरुलाई समाधान गर्दै अघि बढ्नका लागि आग्रह गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप