शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा कलाकर्मी विभूषित

शुक्रबार, ०२ वैशाख २०७९, १६ : ४६
शुक्रबार, ०२ वैशाख २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली कला क्षेत्रका करिब दुई दर्जन कलाकर्मी विभूषित भएका छन् । विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गर्नलाई बिहीबार राष्ट्रपति भण्डारीले   मानपदवी प्रदान गरेकी हुन् । राष्ट्रपतिबाट मानपदवी प्राप्त गर्नेमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटासहित बिभिन्न कलाकर्मी रहेका छन् । संगीतकार बाँस्कोटाले सुकीर्तिमय राष्ट्रदीप प्राप्त गरेका हुन् । 

त्यस्तै सुप्रबल जनसेवाश्रीबाट गीतकार कालीप्रसाद रिजाल र अभिनेत्री गौरी मल्ल विभूषित भएका छन् भने प्रबल जनसेवाश्रीबाट लोकगायिका विष्णु माझी, गायक–गीतकार तथा संगीतकार कस्तुप पन्त, कलाकार तथा निर्माता नवल खड्का, कलाकार प्रकाश घिमिरे, कलाकार तथा निर्देशक रमेश बुढाथोकी, निर्देशक दीपाश्री निरौला, कलाकार हेमन्त बुढाथोकी, दोहोरी गायक चन्द्रप्रसाद शर्मा, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका देविका प्रधान, अभिनेत्री केकी अधिकारी, अभिनेता अनमोल केसी, गायक प्रकाश सपूत, गायक हेमन्त शर्मा लगायत रहेका छन् ।

सोही अवसरमा हास्य कलाकार कमल गाउँले, नृत्यकार महेश प्रकाश हाडा, गायक नवीनकुमार पौड्याल, कलाकार सुजल बम, नृत्यकार तेरिया फौजा मगर, कलाकार शिवशंकर रिजाल, निर्माता राजकुमार राई, मैथिली कलाकार रञ्जु झा लगायत समेत विभूषित भएका थिए ।  संविधान दिवसको अवसरमा घोषणा भएका विभिन्न मानपदवी बिहीबार प्रदान गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप