बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

नयाँ वर्षमा आइएमईको योजना, साप्ताहिक र बम्परमा ६१ जना लाभान्वित हुने

शुक्रबार, ०२ वैशाख २०७९, १६ : २५
शुक्रबार, ०२ वैशाख २०७९

नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले “आइएमई २०७९ मा २०७९” नामक सेवाग्राहीमैत्री व्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना १ वैशाख देखि ३१ वैशाखसम्म ३१ दिन कायम रहने कम्पनीले जनाएको छ ।

सोही योजनाबारे जानकारी दिन आयोजित कार्यक्रममा संक्षिप्त मन्तव्य ब्यक्त गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको यस्ता कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

“आइएमई २०७९ मा २०७९” को यो अभियानमा विदेशबाट आइएमई मार्फत पठाइएको रकम प्राप्त गर्दा हरेक हप्तामा १५ जना विजेता रहने गरी यो योजना अवधी भरी जम्मा ६० जना भाग्यशाली विजेताहरूले प्रतिव्यक्ति रू. २,०७९ पउनेछन् भने बम्परमा १ भाग्यशाली विजेतालाई रू. २,०७,९०० प्रदान गरिनेछ । यो योजनामा सहभागी भएका सेवाग्राहीमध्ये कूल ६१ जना विजेताहरू लाभान्वित हुनेछन् भने यसका विजेताहरू सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणाली द्वारा निर्धारण गरिने कम्पनीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप