नेपाल परिवार दलले वीरेन्द्रनगरमा भाग खोज्दा एमालेलाई झन्झट
नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएसँगै सुर्खेतको वीरेन्द्रनगरमा एमालेलाई झन्झट भएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ९ र लेकबेसी नगरपालिकाको ३ र ५ नम्बर वडामा परिवार दलले भाग खोज्दा एमालेलाई समस्या भएको हो ।
नेपाल परिवार दलका सुर्खेत जिल्ला सहसचिव दिनेश काफ्लेले केन्द्रमा तालमेल गर्ने सहमति गरे पनि सुर्खेतमा सुनुवाई नभएको बताए । उनले भने, ‘हामीले तालमेल हुनुभन्दा पहिला एक पटक औपचारिक छलफल गरेका थियौं । उहाँहरु (एमालेका नेताहरु)ले गठबन्धन भएपछि फोन गर्न भन्नुभयो । हामीले छलफलका लागि आह्वान गर्दा अस्वीकार गर्नुभयो । यो कुरा केन्द्रमा पनि पठाइसकेका छौं ।’
उनले सुर्खेतमा परिवार दलको झण्डै ३ सय हाराहारीमा सांगठनिक सदस्य रहेको दाबी गर्दै केही वडामा भागवण्डा खोजिएको बताए । यता एमालेका सुर्खेत जिल्ला अध्यक्ष अमृत कुमार बिसीले परिवार दलको माग सम्बोधन गर्न कठिन हुने बताए । ‘ती वडामा एमालेले यसअघि नै उम्मेदवारको टुङ्गो लगाइसकेको छ,’ उनले भने, ‘अहिले हामीलाई नै सहयोग गर्नुस् भनेर उहाँहरुलाई भनिरहेका छौं । उम्मेदवार छनोट गरिसकेकाले परिवार दलको माग हामीलाई झन्झट भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण