नेपाल परिवार दलले वीरेन्द्रनगरमा भाग खोज्दा एमालेलाई झन्झट

नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएसँगै सुर्खेतको वीरेन्द्रनगरमा एमालेलाई झन्झट भएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ९ र लेकबेसी नगरपालिकाको ३ र ५ नम्बर वडामा परिवार दलले भाग खोज्दा एमालेलाई समस्या भएको हो ।
नेपाल परिवार दलका सुर्खेत जिल्ला सहसचिव दिनेश काफ्लेले केन्द्रमा तालमेल गर्ने सहमति गरे पनि सुर्खेतमा सुनुवाई नभएको बताए । उनले भने, ‘हामीले तालमेल हुनुभन्दा पहिला एक पटक औपचारिक छलफल गरेका थियौं । उहाँहरु (एमालेका नेताहरु)ले गठबन्धन भएपछि फोन गर्न भन्नुभयो । हामीले छलफलका लागि आह्वान गर्दा अस्वीकार गर्नुभयो । यो कुरा केन्द्रमा पनि पठाइसकेका छौं ।’
उनले सुर्खेतमा परिवार दलको झण्डै ३ सय हाराहारीमा सांगठनिक सदस्य रहेको दाबी गर्दै केही वडामा भागवण्डा खोजिएको बताए । यता एमालेका सुर्खेत जिल्ला अध्यक्ष अमृत कुमार बिसीले परिवार दलको माग सम्बोधन गर्न कठिन हुने बताए । ‘ती वडामा एमालेले यसअघि नै उम्मेदवारको टुङ्गो लगाइसकेको छ,’ उनले भने, ‘अहिले हामीलाई नै सहयोग गर्नुस् भनेर उहाँहरुलाई भनिरहेका छौं । उम्मेदवार छनोट गरिसकेकाले परिवार दलको माग हामीलाई झन्झट भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
-
भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे
-
तत्कालीन प्रदेश सचिव अधिकारीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली