शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ सुरु

शुक्रबार, ०२ वैशाख २०७९, १६ : ०३
शुक्रबार, ०२ वैशाख २०७९

मन्त्रीपरिषद्ले सिफारिस गरेका २० राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले मन्त्रिपरिषदले सिफारिस गरेका विभिन्न देशका २० जना राजदूतहरु उपर उजुरी आह्वान गरेको हो । १० दिन समय दिएर सरकारले सिफारिस गरेर पठाएको २० जना राजदूतहरुमाथि उजुरी आह्वान गर्ने निर्णय बैठकले गरेको समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिए ।  

गत चैत्र २४ गते बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विष्णुपुकार श्रेष्ठलाई चीन, दानबहादुर तामाङलाई दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाललाई स्पेन, बासुदेव मिश्रलाई श्रीलंका, मिलन तुलाधरलाई रुस, कैलाश पोखरेललाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसैगरी डिल्लीराज पौडेललाई मलेशिया, शान्ता रिजाललाई इजरायल, ज्योति प्याकुरेललाई दक्षिण कोरिया, रामसुरज राय यादवलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरब राजदूत सिफारिस गरिएको थियो । घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तीर्थराज वाग्लेको नाम पनि राजदूतका लागि सिफारिस गरिएको थियो ।

प्रस्तावित राजदूतहरुको उजुरीमाथि पनि संसदीय समितिले छानबिन गर्नेछ । समितिले योग्यता, क्षमता र कार्ययोजनाको मूल्यांकन गरी उनीहरुको नाम अनुमोदन गर्ने छ । समितिले अनुमोदन गरेका राजदूतहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप