बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

‘गुन्युचोली’को संरक्षण र सम्बर्द्धन गर्नु अपरिहार्य

शुक्रबार, ०२ वैशाख २०७९, १४ : ४८
शुक्रबार, ०२ वैशाख २०७९

नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग र नेपाल संस्कृति संरक्षण समाजको सहकार्यमा नयाँ वर्ष वैशाख १ का दिन ‘समपरिधानको महत्त्व र नेपाली पोसाक गुन्युचोली प्रयोगको अवस्था’ विषयक विचार–गोष्ठी आयोजना गरिएको छ । सो अवसरमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बोलीचाली, खानपान, भेषभुषा, रहनसहन र विविध जातीय संस्कारजस्ता कुराहरू नै संस्कृति भएको विचार व्यक्त गरे । उनले तिनको संरक्षण र सम्बद्र्धन गर्नु अपरिहार्य रहेको बताए ।
प्रतिष्ठानका सचिव जगत्प्रसाद उपाध्यायले कुनै पनि देश संस्कृतिविहीन छ भने त्यस देशको सही समृद्धि हुन नसक्ने धारणा राखे । उनले नेपाली समाजमा छोरीलाई गुन्युचोली दिने संस्कृति साडीचोलो लगाउने संस्कृतिको पूर्वाभ्यास भएको विचार व्यक्त गरे । उनले आगामी दिनमा नेपाली मौलिक पोसाक दौरासुरुवालका विषयमा पनि विचार–गोष्ठीको आयोजना गरिने जानकारी दिए । 

कार्यक्रममा डा.लोकनाथ दुलालले ‘समपरिधानको महत्त्व र नेपाली पोसाक गुन्युचोली प्रयोगको अवस्था’ विषयक ्गोष्ठीपत्र प्रस्तुत गरेका थिए । दुलालको गोष्ठीपत्रमाथि प्राडा मदनकुमार रिमाल र प्राडा सावित्री मल्ल कक्षपतिले टिप्पणी गरेका थिए । 

कार्यक्रममा प्रतिष्ठानमा कार्यरत राधा कार्की दुलालद्वारा रचित ‘शाश्वत आकृति’ गद्य कवितासङ्ग्रह र समाजद्वारा प्रकाशित ‘गुन्युचोलीःनेपाली राष्ट्रिय समपरिधान’ नामक पुस्तकसमेत लोकार्पण गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?