शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विश्व बैंक र युएसआईडीबाट नेपालले ९७ अर्ब रुपैयाँ आर्थिक सहयोग लिने

शुक्रबार, ०२ वैशाख २०७९, १४ : ३१
शुक्रबार, ०२ वैशाख २०७९

सरकारले विश्व बैंक र युएसआईडीबाट ९७ अर्ब ७१ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग लिने निर्णय गरेको छ । गत चैत ३० गते बसेको मन्त्रिपरिषदको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर अर्थात १८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता र संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसआईडी) बाट प्राप्त हुने ६५९ मिलियन अर्थात् ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहयोग स्वीकार्ने निर्णय गरेको हो । 

यसरी प्राप्त हुने कुल ९७ अर्ब ७१ करोड रुपैयाँ बराबरको रकमले विकासका गतिविधिका साथै अहिलेको घट्दो दरमा रहेको विदेशी मुद्राको सञ्चिति व्यवस्थापनमा समेत सहयोग पुग्ने सरकारले बताएको छ ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप