आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एसियन कप छनोटअघि तीन देशसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालको तयारी

शुक्रबार, ०२ वैशाख २०७९, १४ : १२
शुक्रबार, ०२ वैशाख २०७९

नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटअघि नेपालले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल्ने तयारी गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले छनोट खेल अघि मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको बताए । शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले छनोटअघि तीन राष्ट्र अफगानिस्तान, ओमान र यमनसँग मैत्रीपूर्ण खेल्ने तयारी भएको बताए ।

प्रशिक्षक अल्मुताईरीले एकसाता नेपालमा तयारी गरेर टोली अन्य राष्ट्रमा तयारी भएको बताएका छन् । ‘तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी छ । नेपालमा हामीले एकसाता मात्र तयारी गर्नेछौं । त्यसपछि कतार या अन्य कुनै देशमा तयारीका लागि जाने योजना छ,’ अल्मुताईरीले भने ।  

छनोटका लागि नेपालले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ । नेपाली टोलीले दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेको हो । अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् । छनोटमा नेपाल  समूह ‘ए’ मा छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् ।

कुवेतमा आयोजना हुने खेलहरूमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप