आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादी दैलेखका सचिव एमालेमा प्रवेश

शुक्रबार, ०२ वैशाख २०७९, १३ : ५४
शुक्रबार, ०२ वैशाख २०७९

नेकपा एकीकृत समाजवादी दैलेख जिल्लाका सचिव मानबहादुर खड्का एमालेमा प्रवेश गरेका छन् । एक कार्यक्रमका बीच उनलाई एमाले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माले स्वागत  गरेका हुन् । 


खड्काले प्रेस विज्ञप्ति जारी गर्दै आफू एमालेमा सामेल भएको सार्वजनिक गराएका छन् । उनले विज्ञप्तिमा भनेका भनेका छन्, ‘५० को दशकको सुरुमा पार्टी जिल्ला कमिटी सदस्यको रुपमा कार्यरत रही मैले दैलेख कम्युनिष्ट आन्दोलनमा आफ्नो सकरात्मक र इमान्दार राजनीतिक कार्यकर्ताको परिचय छोडेको छु ।

आजैबाट एसको सबै जिम्मेवारी छोडी एमालेको झन्डामुनि गोलबन्द हुने निर्णय गरेको छु ।’  २०५४ सालको स्थानीय निकायको निर्वाचनमा कटी गाउँ विकास समितिमा एमालेको तर्फबाट उपाध्यक्ष निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप