शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

इतिहासको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी ह्याकिङमा उत्तर कोरियाको हात : अमेरिका

शुक्रबार, ०२ वैशाख २०७९, १३ : २४
शुक्रबार, ०२ वैशाख २०७९

अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईकाले एक अनलाइन गेमिङ कम्पनीसँग मार्चमा भएको ६१.५ करोड डलरको क्रिप्टोकरेन्सी चोरी मामिलामा उत्तर कोरियाका ह्याकरको हात भएको जानकारी दिएको छ ।

वास्तवमा मार्चमा ‘एक्सी इनफिनिटी’ नामको एक लोकप्रिय अनलाइन गेमिङ कम्पनीलाई ठूलै झट्का लागेको थियो । यो कम्पनी आफ्नो ग्राहकलाई अनलाइन गेम खेलेर क्रिप्टोकरेन्सी हासिल गर्ने मौका दिन्छ ।

अमेरिकी अधिकारीका अनुसार क्रिप्टोकरेन्सीको इतिहासमा यो सबैभन्दा ठूलो ह्याकिङमा उत्तर कोरियाको लाजारस ग्रुपको हात छ । यो समूहका सञ्चालन उत्तर कोरियाको गोप्य ब्यूरोले गर्ने मान्यता राखिन्छ ।

एफबीआईले आफ्नो बयानमा बिहिबार भन्यो, ‘आफ्नो अनुसन्धानमा यो चोरीका लागि लाजारस ग्रुप र एपीटी ३८ के साइबर हमलाका लागि जिम्मेवार रहेको छ ।’

लाजारस ग्रुप सन् २०१४ मा त्यतिबेला चर्चामा आएको थियो जब त्यसमाथि सोनी पिक्चर्सको ह्याकिङ गरेर त्यसको गोप्य आँकडा सार्वजनिक गरेको आरोप लागेको थियो ।

यो समूहले सोनीसँग उसको आउँदो फिल्म ‘द इन्टरभ्यू’ रिलिज नगर्न माग गरेको थियो । त्यो कमेडी फिल्ममा उत्तर कोरियाका शासक किम जोङ उनलाई मार्ने योजनामा बनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप