काठमाडौं मेयरका प्रत्यासी बालेनको उद्घोष, ‘म पुरानो बोतलको नयाँ रक्सी’
सबैभन्दा धेरै मतदाता भएको महानगर हो काठमाडौं महानगरपालिका । अनि, यही महानगरको मेयरका एक प्रत्याशी हुन् बालेन्द्र साह उर्फ बालेन । युवा पुस्तामाझ सांगीतिक क्षेत्रमा परिचित बालेन स्वतन्त्र उम्मेद्वारका रूपमा खडा हुने तयारीमा छन् ।हिपप जनराका चर्चित र्यापर बालेन पेशागत हिसाबमा ‘स्टक्चरल इन्जिनियर’ हुन् । यही पेसालाई आधार मानेर काठमाडौं महानगरको विकास गर्ने उनको चाहना छ । सांस्कृतिक सहर काठमाडौंलाई पहिचान दिलाउने उनको सपना छ । नीतिगत भ्रष्टाचारले जकडिएको राजनीतिलाई पर राखेर विकास र समृद्धिको सपना बोकेका बालेन मेयर बनेर काठमाडौं महानगरबासीलाई खुसी र सुखी बनाउन चाहन्छन् ।
पछिल्लो समय बालेन आफ्ना कार्ययोजना बोकेर महानगरका टोल र बस्तीसम्म धाइरहेका छन् । विशेष गरी नयाँ पुस्तालाई आफ्नो योजना सुनाउन उनी कलेज–कलेजमा पुगिरहेका छन् भने, भिन्न–भिन्न विषयका भिन्न–भिन्न विज्ञहरूसँगको भेटघाट र छलफलमा समेत आफूलाई व्यस्त बनाएका छन् ।
महानगरबासीलाई उनी ठूला सपना बाँडिरहेका छैनन् । ससाना समस्याले नागरिक पीडित भइरहेकाले त्यसमै आफू केन्द्रीत हुने उनको योजना छ । भन्छन्, ‘सानो कुरोमा हाम्रा कमीकमजोरी धेरै छन् । त्यस्ता विषयमा म केन्द्रित छु ।’
विशेष गरी ट्राफिकदेखि फोहोर अनि खानेपानी व्यवस्थापन, ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा र धरोहरको संरक्षण जस्ता विषय उनको प्राथमिकतामा छन् । आफ्नो कार्य प्रणालीलाई पारदर्शी बनाएर जनताको विश्वास जित्न सके महानगरको मात्र नभएर देशकै विकास गर्न सकिन्छ भन्ने दृढ विश्वास बोकेका बालेनमाथि पनि कतिपयले ‘नयाँ बोतल भित्रको पुरानै रक्सीको’ संज्ञा पनि दिन थालेका छन् । तर, उनी यो कुरा स्वीकार्दैनन् । आफूलाई प्रमाणित गरेर देखाउने दृढटाका साथ अघि बढेका उनी भन्छन्, ‘नयाँ बोतलको पुरानो रक्सी भन्दा पनि म पुरानो बोतलको नयाँ रक्सी हुँ ।’
यी र यस्तै प्रशंगमा केन्द्रीत रही रातोपाटीको नियमित कार्यक्रम ‘टक विथ द टप’का लागि मनोज न्यौपानेले गरेको विशेष भिडियो कुराकानी :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सा प्रहरीले पनि हटाउन थाल्यो सवारी साधनको कालो सिसा
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
-
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण