स्वयम्भुमा एक युवकको शव भेटियो
शुक्रबार, ०२ वैशाख २०७९, १३ : ०६
स्वयम्भुस्थित भगवान पाउ नजिकै युवकको शव भेटिएको छ । करिब २२ वर्षीय युवकको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । भगवान पाउ स्थित सामुदायिक प्रहरी बिट नजिकै मृत भेटिएका युवकको पहिचान खुलेको छैन । शवको टाउको भुईँमा ठोक्किएको र मुखबाट रगत बगेको अवस्थामा भेटिएको छ ।
ट्राफिक प्रहरीको बिट नजिकै मृत भेटिएका युवाको अनुहारमा चोट छ, मुखबाट रगत बगेको छ । मृतकको पहिचान खुलेको छैन् । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । महानगरीय प्रहरी वृत स्वयम्भुले हत्या आशंकामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलओडी क्लब छैटौँ वर्षमा, ६ दिन नै कलाकारहरूको प्रस्तुति
-
प्रचण्डको सम्बोधन : ओलीको आलोचना, देउवालाई ढाडस, साना दललाई सान्त्वना
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
-
वर्षमान पुनको माग देउवाको गृह जिल्लामा पुल बनाइदिनुहाेस्
-
रवि रिहा हुने भएपछि खुसीयालीमा भाले बोकेर पुगे समर्थक (तस्बिरहरु)
-
त्रिवि सिनेट बैठक राख्न माग गर्दै तीन स्ववियु सभापतिले बुझाए ध्यानाकर्षणपत्र