दुवाकोटबाट पनि वीर अस्पतालको सेवा सुरु
शुक्रबार, ०२ वैशाख २०७९, १२ : ५८
विस्तारित वीर अस्पतालमा शुक्रबारदेखि एक्सरे तथा प्रयोगशाला परीक्षण सेवा सुरु भएको छ । भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पतालमा एक्सरे सेवा र प्रयोगशाला परीक्षण सुरु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले परीक्षण सेवा उद्घाटन गरेका हुन् ।
अब भक्तपुरका स्थानीय वासिन्दा लगायतलाई एक्सरे र प्रयोगशाला परीक्षणका लागि काठमाडौं तथा भक्तपुरको विभिन्न निजी तथा सरकारी स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता टरेको छ । करिब एक महिनाअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले दुवाकोट पुगेर विस्तारित वीर अस्पतालबाट एक्सरे तथा परीक्षण सेवा दिने प्रतिवद्धता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो