आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लघु फिल्म ‘आधा सपना’ सार्वजनिक

शुक्रबार, ०२ वैशाख २०७९, १२ : ५२
शुक्रबार, ०२ वैशाख २०७९

 वैदेशिक रोजगारीको सिलसिलामा भोग्ने यावत समस्यालाई समेटेर तयार पारिएको लघु फिल्म ‘आधा सपना’ सार्वजनिक भएको छ । फिल्ममा सुरज अधिकारी, अमृत भण्डारी, सुस्मिता भण्डारी, सन्दीप लामिछाने र सिता पौडेलको अभिनय देख्न सकिन्छ ।

मकाउमा छायांकन भएको फिल्ममा परदेशी जीवनको बास्तबिक भोगाईको  यथार्थ पीडालाई समेटिएको निर्माता तथा निर्देशक तुला पर्वतले बताए । 

मकाउका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको फिल्म वाइडस्क्रिन मिडिया मार्फत बजारमा ल्याइएको हो । ‘आधा सपना’मा छायांकन, सम्पदन र संगीत समेत निर्देशक तुलाकै रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप