सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

आईपीएल : कोलकातालाई शीर्ष स्थानमा उक्लने मौका

शुक्रबार, ०२ वैशाख २०७९, १२ : २७
शुक्रबार, ०२ वैशाख २०७९

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) सनराइजर्स हैदरावादले कोलकाता नाइड राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोली बीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै कोलकाता शीर्ष स्थानमा उक्लने योजनामा छ ।

लिगमा ५ खेल खेलेको कोलकाता ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ । यता हैदरावाद तेस्रो जितको खोजीमा हुनेछ । लिगमा ४ खेल खेलेको हैदरावाद ४ अंक जोडेर तालिकाको आठौं स्थानमा छ ।

आजको खेलमा सहज जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा हैदरावाद हुनेछ । हैदरावाद र कोलकाताको यो सिजनको पहिलो प्रतिस्पर्धा गर्न लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप