कैलालीका अर्जुन दासको हत्या आरोपमा ४ जना पक्राउ

कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा मनोज भण्डारीसहित ४ जनालाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा जानकी–९ घर भएका १९ वर्षका मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, बम बहादुर बोहोरा उर्फ बमे र रोनी परियार उर्फ दिलिप दास छन् । महाशाखाको टोलीले वैशाख १ मा उनीहरुलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–१ बेलहिया सीमा नाकाबाट पक्राउ गरेर काठमाडौंमा सार्वजनिक गरेको छ ।
टाउको काटेर छुट्याएको अवस्थामा स्थानिय अमरावती सामुदायिक बनमा पुस ३ मा अर्जुनको शव भेटिएको थियो । अर्जुन दास गाउँमै मजदुरी गर्थे । हत्यापछि उनको कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा उनको शव भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : तस्बिरमा हेर्नुहोस् पुरस्कार वितरण कार्यक्रम