एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
शुक्रबार, ०२ वैशाख २०७९, ११ : ५३
जिल्लाको टीकापुर नगरपालिका ४ मौरनीयामा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका ४ मोरनीयामा भे १ च २४०९ नम्बरको एम्बुलेन्स र से २ प ३२८४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार जानकी गाउँपालिका–३ का ५० वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका कैलालीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको कोहलपुरमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको निरीक्षक सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री