बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

होटल र्‍याडिसनमा ३५ भन्दा बढी विश्वविद्यालयको ‘स्टडी इन इन्डिया एक्स्पो’

शुक्रबार, ०२ वैशाख २०७९, ११ : ४३
शुक्रबार, ०२ वैशाख २०७९

काठमाडौंको होटल र्‍याडिसनमा बृहत शैक्षिक प्रदर्शनी ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको दुई दिने (वैशाख २ र ३ गते) शैक्षिक मेलामा भारतका ३५ भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहनेछ । 

अफेयर्स एजुकेशन एन्ड मिडियाले आयोजना गरेको यस एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा मेटाउन दुई सयभन्दा बढी कोर्सहरुको बारेमा जानकारी प्रदान गरिनेछ । नेपाली विद्यार्थी र अभिभावकहरुलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरेको हो ।
 
शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरु, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरुबारेमा विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराइने जनाइएको छ । 
भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरुसँग प्रत्यक्ष कुराकानी गरी ३५ वटा भन्दा बढी प्रमुख विश्वविद्यालयहरुको जानकारी हासिल गर्न सक्नेगरी शैक्षिक मेलाको आयोजना गरिएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप