बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओली सर्लाही जाँदै

शुक्रबार, ०२ वैशाख २०७९, ११ : ३८
शुक्रबार, ०२ वैशाख २०७९

नेकपा एमालेका केपी शर्मा ओली सर्लाही आउने भएका छन् । शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही जान लागेका हुन् । आसन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगवा नगरपालिका–२, कवडहल प्राङ्गणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको हो ।

सोही कार्यक्रममार्फत अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने एमाले सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप