ललितपुर महानगर मेयरको उम्मेदवारका लागि काँग्रेसले सिफारिस गर्यो सात जनाको नाम
शुक्रबार, ०२ वैशाख २०७९, ११ : ३४

नेपाली काँग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ।
काँग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरिबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो । काँग्रेस ललितपुर महानगर कार्यसमितिले नाम सिफारिस गरेको हो ।
महानगरमा मेयरको उम्मेदवारको टुंगो काँग्रेस केन्द्रीय कार्यसमितिले लगाउनेछ । काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !
-
महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल
-
विवादकाबिच अभिनेत्री सुरक्षा पन्तले पोस्ट गरिन् अनौठो तस्बिर
-
सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्छः विनोद चौधरी
-
नेपाल टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण जेठमा
-
जोय थापाको अलराउन्ड प्रदर्शनमा एन्जल्स हार्टले विसडमलाई हरायो