आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

तस्करको आक्रमणमा दुई जना वन कर्मचारी घाइते

शुक्रबार, ०२ वैशाख २०७९, १० : ५८
शुक्रबार, ०२ वैशाख २०७९

रौतहटमा काठ तस्कर समूहको आक्रमणबाट एक जना फोरेस्टर सहित दुई जना वन कर्मचारी घाइते भएका छन् । तस्कर समूहको आक्रमणबाट डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका फोरेस्टर शम्भु महतो र सशस्त्र बन रक्षक रत्न बहादुर बुढाथोकी घाइते भएका हुन् । ​फोरेस्टर महतोको टाउकोमा गहिरो चोट लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचार भएको डिभिजन प्रमुख अमरदेव यादवले जानकारी दिएका छन् । त्यसैगरी वन रक्षक थापाको जिउभरी चोटपटक लागेको र उपचारपछि उनी हान जिल्ला वन कार्यालयमा रहेको प्रमुख यादवले बताएका छन् ।

फोरेस्टर महतो र बन रक्षक बुढाथोकी  गएराति सिमरी गाउँतर्फ गस्तीमा गएका थिए । गस्तीको क्रममा राति १२ बजे सिमरी गाउँ छेउमा दुईजना तस्कर मोटरसाइकलमा काठ चोरेर गैरहेका थिए । गस्ती टोलीलाई देखेर तस्करहरु काठ सहितको मोटरसाइकल त्यहीँ छोडेर भागे । गस्ती टोलीमा २ जनामात्र रहेको थाहा पाएपछि उनीहरु सिमरी गाउँबाट थप केही मानिस  बोलाएर फोरेस्टर सम्भु महतो र बन रक्षक रत्न बुढाथोकीमाथि आक्रमण गरेका थिए ।

आक्रमण भएपछि प्रमुख यादवको निर्देशनमा सशस्त्र प्रहरीसहित थप वन सुरक्षा टोली त्यहाँ पुगेर फोरेस्टर महतो र बन रक्षक बुढाथोकीको उद्वार गरेको सेक्टर बन कार्यालय चोंचाका प्रमुख बैधनाथ मण्डलले बताएका छन् । आज बिहान घटनास्थलबाट वन गस्तीटोलीले तस्करले प्रयोग गरेको बा २६ प ४४१२ पल्सर १५० सिसिको मोटरसाइकल र चोरेर लगिरहेको काठ बरामद गरेको सेक्टर प्रमुख मण्डलले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप