शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रसिद्ध घटाल जात्रा आज

शुक्रबार, ०२ वैशाख २०७९, ०९ : २०
शुक्रबार, ०२ वैशाख २०७९

डडेल्धुराको प्रसिद्ध घटाल देवताको जात्रा (मेला) आज मनाइने भएको छ । अमरगढी नगरपालिका–३ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध देवता घटालको जात्रा दुई वर्षपछि यस वर्ष मनाइँदै गरेको घटाल देवताका मुख्य धामी तिलकसिंह विष्टले बताए ।

कोराना महामारीका कारण दुई वर्षदेखि लाग्न नसकेको जात्रा यस वर्ष मनाउन लागिएको उनले जानकारी दिए । समाजमा अशान्ति बढेमा वा खडेरी परेमा घटाल बाबाले मनोकामना पूरा गर्ने गरेको जनविश्वास छ । गत वर्ष  कोरना महामारीबाट बच्न सबै भक्तजनलले घरबाटै घटाल बाबालाई सम्झे भने यस वर्ष परम्परागतअनुसार मनाइन लागेको मन्दिरका धामी विष्टले बताए ।

घटाल देवताको जात्राका दिन सबैका अगाडि धामीले बालुवा र पानी खाई भाग दिने गरेको शक्तिशाली देवताको महिमा अनौठो प्रकारको रहेको बताइन्छ । अरु वर्ष हजारौँको सङ्ख्यामा विभिन्न क्षेत्रबाट घटाल जात्रा हेर्ने र पूजा गर्नेकोे घुइँचो लाग्ने गरेको भए पनि गत वर्ष सीमित व्यक्तिबाट परम्परामात्रै जोगाइएको थियो । यस वर्ष भने मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट भक्तजन आउने उहाँले बताउनुभयो ।

विगतका दुई वर्ष कोरोना भाइरसका कारण मुलुकभर भएको लकडाउनका कारण भीडभाड गर्न उपयुक्त नहुने हुँदा विभिन्न कारिन्दासँगको समन्वयमा सीमित व्यक्तिबाट घटाल जात्राको पराम्परामात्रै जोगाइएको भए पनि यस वर्ष विधिवतरूपमा मनाइने अमरगढी–३ का वडाध्यक्ष गोविन्दराज बोहराले जानकारी दिए । 

घटाल देवतालाई डोट्याली राजा नागी मल्लकी सातौँ रानीले माइतबाट दाइजो मागेर ल्याएको किंवदन्ती छ । घटाल जात्राका लागि विभिन्न गाउँमा स्थानीयवासीको आ–आफ्नै रीत छ । चम्सालका बोहराको कलश, सिंहासन र निशान हुने तथा भगवती मरकट्टे गाउँका महरले डोली बोक्ने, मड्का साँदले छडी बोक्ने र हटिगाउँका दलितले दमाहा बजाउने चलन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप