आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

घरेलु मैदानमा पराजित हुँदै बार्सिलोना युरोपा लिगबाट बाहिरियो

शुक्रबार, ०२ वैशाख २०७९, ०७ : ३०
शुक्रबार, ०२ वैशाख २०७९

आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीवार राति ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।​ नोउ क्याम्पमा लगातार तीन गोल बेहोरेको बार्सिलोना अन्तिम समयमा दुई गोल फर्काए पनि खेलमा फर्किन सकेन ।

जर्मन प्रतिद्धन्द्धी फान्कफुर्टसंग क्याटलान क्लब समग्रमा ४-३ अन्तरले पराजित भयो ।पहिलो लेगमा दुबै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । खेलको अन्तिम समय १० खेलाडीमा सिमित भएको  फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे । बार्सिलोनाका सर्जियो बुस्क्वेट्स र मेम्फिस डिपाएले गोल गरेपनि टोलीको हार टार्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप