शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएल : गुजरात शीर्ष स्थानमा उक्लियो

शुक्रबार, ०२ वैशाख २०७९, ०६ : ०१
शुक्रबार, ०२ वैशाख २०७९

गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईमा भएको खेलमा गुजरातले दिएको १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनायो ।

राजस्थानका लागि जोस बट्लरले ५४ रनको अर्धशतकीय पारी खेले । २४ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै सिमरोन हेटमायरले २९ रन बनाउँदा रियान परागले १८ रनको योगदान गरे ।

बलिङतर्फ गुजरातका लागि लकी फग्र्युसन र यस दयालले समान तीन–तीन विकेट लिए । त्यस्तै मोहमद श्वामी र कप्तान हार्दीक पाड्याले समान एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४  विकेट गुमाएर १९२ रन बनाएको थियो ।​ गुजरातका लागि कप्तान हार्दिक पाड्याले ८७ रनको अर्धशतकीय पारी खेले । ५२ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे ।

त्यस्तै अभिनव मोनहरले ४३ रन बनाउँदा डेभिड मिलरले ३१ रनको योगदा गरे । बलिङतर्फ राजस्थानका लागि कुलदीप शेन, युजभेन्द्र चहाल र रियन परागले समान एक–एक विकेट लिए । जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ । गुजरात तालिकाको शीर्ष स्थानमा छ । पराजित राजस्थान ५ खेलबाट ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप