शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

अफगानी जेल प्रमुखलाई १२ वर्ष जेल सजाय

बिहीबार, ०१ वैशाख २०७९, २१ : ५२
बिहीबार, ०१ वैशाख २०७९

डच अदालतले बिहीबार एक वृद्ध अफगानी पुरुषलाई सन् १९८० को दशकमा काबुल जेलको कुख्यात हमलामा जिम्मेवार ठहर गर्दै युद्ध अपराधको लागि १२ वर्षको जेल सजाय सुनाएको छ ।

अब्दुल रज्जाक राफिफले ‘कैदीहरूलाई क्रुरतापूर्वक र अनादरपूर्ण व्यवहार गरेका र स्वेच्छाचारी ढङ्गमा उनीहरूलाई जेलमा दिइने स्वतन्त्रताबाट वञ्चित गरेको अभियोगमा १२ बर्ष जेल सजाय तोकिएको छ,” न्यायाधीश एल्स कोलले द हेग क्षेत्रीय अदालतमा भने । “यि युद्ध अपराध हुन् ।”

न्यायाधीश कोलले भने, “७६ वर्षीय राफीफले १९८३–८८ को समयमा उनको प्रभावकारी आदेश र नियन्त्रण रहेको पुल–ए–चार्खी जेलमा कैदीहरूको दुर्व्यवहारमा प्रमुख भूमिका निर्वाह गरेको पुष्टि भएको छ ।” 

उक्त जेलमा हजारौं कैदीहरूलाई यातना दिइएको र कतिपयलाई अन्यायपूर्वक मृत्युदण्डसमेत दिइएको कोलले बताए ।

सिरिया र अफगानिस्तानलगायत द्वन्द्वग्रस्त राष्ट्रहरूमा भएका अपराधहरूको लेखाजोखा गर्न युरोपेलीहरूले गरेको श्रृंखलाबद्ध प्रयासमा द हेगमा भएको यो मुद्दा सबैभन्दा पछिल्लो मुद्दा हो ।

सन् २०१२ मा ब्लगहरूले पुल–ए–चार्खिका पूर्व कमान्डर नेदरल्याण्ड्समा बसोबास गरिरहेका समय समाचार सम्प्रेषण गरेपछि उनलाई सन् २०१९ मा गिरफ्तार गरिएको थियो पछि डच अधिकारीहरूले अनुसन्धान सुरू गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप