सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बुटवल मिडियाको हव : प्रदेश प्रमुख शेरचन

बिहीबार, ०१ वैशाख २०७९, २१ : २९
बिहीबार, ०१ वैशाख २०७९

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुटवल क्षेत्र सञ्चार माध्यमको हव रहेको बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा मुख्यमन्त्री तथा  मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको सञ्चार सवलिकरणका लागि अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले यस्तो बताएका हुन् ।    

उनले भने–‘ म यहाँ आएको त्यस्तै नौ महिना जति भयो , यस अवधीमा मैले दुईचार जना पत्रकार साथीहरु संग भेट गरेको छु, उहाँहरुले भन्दै हुनुहुन्थ्यो  बुटवल मिडियाको हव हो ।  आज यतिका  धेरै पत्रकारहरुसँग जमघट हुने अवसर पाइयो, यो सहभागिताले पनि बुटवल साँच्ची कै मिडियाको हव  रहेछ , र सवल रहेछ भन्ने पुष्टि भयो ।’

उनले पत्रकारले नरुचाउने मान्छे वा संस्था आँखा नै नदेख्ने र कान नै नसुन्ने व्यक्ति जस्तै भएको टिप्पणी गरे ।  उनले  अहिलेको संविधान संसारकै उत्कट भएको तर  विभिन्न कारणले कार्यान्वय हुनु नसकेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप