आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचन : २०७४ सालमा यस्तो थियो पोखरा लेखनाथ नगरपालिकामा दलहरुले पाएको मतको अवस्था

बिहीबार, ०१ वैशाख २०७९, २१ : २१
बिहीबार, ०१ वैशाख २०७९

स्थानीय तहको निर्वाचन तयारीमा सबैजसो दल जुटेका छन् । चुनावमा सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दल एमालेबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ । अघिल्लो चुनावमा एमालेले जितेका क्षेत्रहरु गठबन्धन दलले आपसमा भागवण्डा गरेर जित हासिल गर्ने रणनीति बनाएका छन् ।

सत्तारुढ गठबन्धनबीच तालमेल भएको अवस्थामा पोखरा महानगरमा कस्तो नतिजा आउन सक्छ भन्ने आकलन गर्नका लागि २०७४ सालको स्थानीय तह चुनावमा राजनीतिक दलहरुले हासिल गरेको मतपरिणाम एउटा आधार बन्न सक्छ । त्यसैले अघिल्लो निर्वाचनमा सो महानगरपालिकामा राजनीतिक दलहरुले कस्तो मत परिणाम हासिल गरेका थिए भन्ने लेखाजोखा गरेका छौँ ।

अघिल्लो चुनावमा साविक पोखरा लेखनाथ महानगरपालिका (हाल पोखरा महानगरपालिका) का ३३ वडामध्ये २२ वडामा एमाले विजयी भएको थियो भने ११ वटा वडामा काँग्रेस विजयी भएको थियो । काँग्रेस र एमाले मात्र विजयी भएको यो महानगरपालिकामा आगामी निर्वाचनपछिको नजिता कस्तो हुनेछ भन्ने प्रतिक्षाको विषय बनेको छ ।

अघिल्लो चुनावमा यो महानगरपालिका प्रमुखमा एमालेका मानबहादुर जिसी निर्वाचित भएका थिए । जिसीले ६० हजार ११८ मत पाएर जित हासिल गरेका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका रामजी कुँवरलाई १३ हजार ७०२ मत अन्तरले पराजित गरेका थिए । कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरेका थिए ।

यस्तै संघीय समाजवादी फोरम नेपालका हुमवहादुर गुरुङले ३ हजार १७० मत प्राप्त गरेका थिए भने राप्रपाका रिता गुरुङले २२ सय ७२ मत प्राप्त गरेकी थिइन् । अखण्ड नेपाल पार्टीका उम्मेदवार मोती गिरीले २९६ मत पाएका थिए । यो निर्वाचनमा छैटौँ स्थानमा रहेको नेकपा मालेका उम्मेदवार टेकनाथ भण्डारीले २ सय ९८ मत पाएका थिए । राष्ट्रिय जनमोर्चाका उम्मेदवार चन्द्रबहादुर खत्री क्षेत्रीले २०६ मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेदवार अमन बिक्रम थापाले  १४० मत ल्याएका थिए ।

महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएकी थिइन् । उनले ५६ हजार ४४८ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी काँग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत पाएकी थिइन् । माओवादी केन्द्रका उम्मेदवार गोमा ढकालले ८ हजार ७९६ मत, राप्रपाका रमेशबहादुर खत्रीले २ हजार ८४० मत पाएका थिए । त्यस्तै, उपप्रमुख पदका स्वतन्त्र उम्मेदवार सरोज कोइरालाले २ हजार १९९ मत प्राप्त गरेका थिए ।

यस्तो थियो पोखरा लेखनाथ महानगर पालिकाका ३३ वडामा राजनीतिक दलहरूको  अवस्था

वडा नं १ 

यो वडामा नेकपा एमालेका उम्मेदवार शारदा कुमारी पराजुली ११ सय १३ मत ल्याई वडा अध्यक्षमा विजयी भएकी थिइन् ।

काँग्रेस : ७९६ मत

संघीय समाजवादी फोरम नेपाल : १७८ मत

माओवादी केन्द्र : ११९ मत

वडा नं २ 

यो वडामा नेपाली काँग्रेसका उम्मेदवार रामेश्वर मल्ल ९३४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

एमाले : ५६३ मत

माओवादी केन्द्र : ७७ मत

वडा नं ३ 

यो वडामा काँग्रेसका रविन्द्रबहादुर प्रजा ९६३ मत ल्याएर विजयी भएका थिए ।

एमाले : ६४८ मत

माओवादी केन्द्र : १५७ मत

वडा नं ४ 

नेपाली काँग्रेसका शंकर प्रसाद बास्तोला यो वडामा ८१७ मत ल्याएर विजयी भएका थिए ।

एमाले : ६३२ मत

राप्रपा : ४२ मत

माओवादी केन्द्र : ३४ मत

वडा नं ५ 

यो वडाको अध्यक्ष पदमा एमालेका धनबहादुर नेपाली विजयी भएका थिए । उनले एक हजार ७६८ मत ल्याएका थिए ।

काँग्रेस : एक हजार २४६ मत

माओवादी केन्द्र : १०६ मत

वडा नं ६ 

यो वडाबाट काँग्रेसका जगतबहादुर पहारी एक हजार ४६४ मत ल्याई विजयी भएका थिए ।

नेकपा एमाले : एक हजार २६९ मत

माओवादी केन्द्र : १९७ मत

वडा नं ७ 

यो वडामा नेकपा एमालेका रामचन्द्र बराल एक हजार २१२ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका थिए ।

काँग्रेस : एक हजार १११ मत

माओवादी केन्द्र : १६४ मत

नयाँ शक्ति : १०१ मत

वडा नं ८ 

यो वडामा एमालेका रुद्रनाथ बराल एक हजार ६०३ मतसहित वडा अध्यक्षमा विजयी भएका थिए ।

काँग्रेस : एक हजार ६६३ मत

माओवादी केन्द्र : ९९ मत

वडा नं ९ 

यो वडामा काँग्रेसका उम्मेदवार रामराज लामिछाने ११ सय ७४ मत ल्याएर विजयी भएका थिए ।

एमाले : ९८२ मत

माओवादी केन्द्र : ३१३ मत

राप्रपा : १४१ मत

वडा नं १० 

यो वडामा काँग्रेसका उम्मेदवार राजकुमार गुरुङ एक हजार ४४६ मत पाएर अध्यक्षमा निर्वाचित भएका थिए ।

एमाले : एक हजार २० मत

माओवादी केन्द्र : ३०५ मत

वडा नं ११ 

यो वडामा काँग्रेसका मोहन बहादुर बास्तोला एक हजार ७७८ मत ल्याई विजयी भएका थिए ।

एमाले : एक हजार ५४९ मत

माओवादी केन्द्र : २६६ मत

वडा नं १२ 

यो वडामा काँग्रेसका राम बहादुर कार्की १ हजार ४६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

एमाले : ८२९

माओवादी केन्द्र : ४३९ मत ।

वडा नं. १३ 

यो वडामा एमालेका लेखबहादुर तामाङ २ हजार ६०६ मत ल्याई विजयी भएका थिए ।

काँग्रेस : एक हजार ६०८ मत

माओवादी केन्द्र : ३९८ मत

संघीय समाजवादी फोरम नेपाल : १८६ मत

वडा नं १४ 

यो वडामा एमालेका उम्मेदवार प्रेमबहादुर कार्की क्षेत्री एक हजार ८०६ मत ल्याएर विजयी भएका थिए ।

काँग्रेस : एक हजार ६७४ मत

राप्रपा : ४६६ मत

माओवादी केन्द्र : २५१ मत

वडा नं १५ 

यो वडामा एमालेका प्रकाश पौडेल एक हजार ९४४ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका थिए ।

काँग्रेस : एक हजार ४४७ मत

माओवादी केन्द्र : ६३२ मत

राप्रपा : ५६८ मत

वडा नं १६ 

यो वडामा नेकपा एमालेका जीवनप्रसाद आचार्य ३ हजार १३३ मत ल्याएर विजयी भएका थिए ।

काँग्रेस : २ हजार ८६८ मत

माओवादी केन्द्र : २२१ मत

वडा नं १७ 

यो वडामा एमालेका तीर्थराज अधिकारी ३ हजार ४६ मत ल्याई विजयी भएका थिए ।

काँग्रेस : एक हजार ७८३ मत

माओवादी केन्द्र : ३६९ मत

वडा नं १८ 

यो वडामा नेकपा एमालेका रणबहादुर थापा क्षेत्री एक हजार ६७९ मत ल्याई विजयी भएका थिए ।

काँग्रेस : ९७१ मत

माओवादी केन्द्र : ३३३ मत

वडा नं १९ 

यो वडामा एमालेका मोहन पौडेल २ हजार ४८३ मत ल्याई विजयी भएका थिए ।

काँग्रेस : एक हजार ९६० मत

माओवादी केन्द्र : २०० मत

वडा नं २० 

यो वडामा एमालेका सिमवहादुर गुरुङ एक हजार २२३ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।

काँग्रेस : ६३१ मत

स्वतन्त्र : ३३४ मत

राप्रपा : ९० मत

माओवादी केन्द्र : ४१ मत 

वडा नं २१ 

यो वडामा नेकपा एमालेका उम्मेदवार खगराज आचार्य २ हजार ५४४ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

काँग्रेस : ८१३ मत

माओवादी केन्द्र : ७०७ मत

राप्रपा : ३४० मत

वडा नं २२ 

यो वडामा एमालेका मित्रलाल बराल एक हजार ४३० मत ल्याई विजयी भएका थिए ।

काँग्रेस : एक हजार ३९८ मत

माओवादी केन्द्र : ६५८ मत

वडा नं २३ 

यस वडामा काँग्रेसका विष्णुप्रसाद पराजुली एक हजार ५८ मत ल्याई विजयी भएका थिए ।

नेकपा एमाले : ८०१ मत

माओवादी केन्द्र : ६४४ मत

वडा नं २४ 

यो वडामा एमालेका उम्मेदवार ओमप्रसाद सुवेदी एक हजार ५८० मत ल्याएर विजयी भएका थिए ।

काँग्रेस : एक हजार ४१९ मत

माओवादी केन्द्र : १७४ मत

वडा नं २५ 

यो वडामा एमालेका शोभाकर तिम्सिना २ हजार १६५ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका थिए ।

काँग्रेस : एक हजार ४९३ मत

माओवादी केन्द्र : ५९० मत

वडा नं २६   

यो वडामा एमालेका नारायणप्रसाद बराल २ हजार १३० मत ल्याएर विजयी भएका थिए ।

काँग्रेस : एक हजार ५८६

माओवादी केन्द्र : ३५६ मत

वडा नं २७ 

यो वडामा काँग्रेसका पूर्णकुमार गुरुङ एक हजार ६९० मत ल्याई विजयी भएका थिए ।

एमाले : एक हजार ३६७ मत

माओवादी केन्द्र : ४७ मत

स्वतन्त्र : १०८ मत

वडा नं २८ 

यो वडामा एमालेका उम्मेदवार निर्मल सुनार एक हजार ५२५ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका थिए ।

काँग्रेस : एक हजार ४४८ मत

माओवादी केन्द्र : २४० मत

वडा नं २९  

यो वडामा एमालेका चेतबहादुर गुरुङ एक हजार ४४८ मत ल्याई विजयी भएका थिए ।

काँग्रेस : एक हजार २२३ मत

माओवादी केन्द्र : ३९८ मत

वडा नं ३० 

यो वडामा एमालेका श्रीराम पोख्रेल २ हजार २८ मत ल्याइ विजयी भएका थिए ।

काँग्रेस : एक हजार ९२५ मत

माओवादी केन्द्र : ४७६ मत

वडा नं ३१ 

यो वडामा एमालेका कमलबहादुर थापा क्षेत्री एक हजार ७६१ मत ल्याएर विजयी भएका थिए ।

काँग्रेस : एक हजार २६१ मत

माओवादी केन्द्र : ३९७ मत

वडा नं ३२ 

यो वडामा काँग्रेसका अक्कलबहादुर कार्की एक हजार ७६९ मत ल्याई विजयी भएका थिए ।

एमाले : एक हजार ६८० मत

माओवादी केन्द्र : ६५३ मत

वडा नं ३३ 

यो वडामा एमालेका शिवप्रसाद आचार्य २ हजार ३७३ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।

काँग्रेस : एक हजार ९९१ मत

माओवादी केन्द्र : ४३८ मत

नयाँ शक्ति : १४७ मत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप