शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

संघीयता कार्यान्वयन पक्षधर चिन्नुपर्ने बेला आएको छ : मुख्यमन्त्री केसी

बिहीबार, ०१ वैशाख २०७९, २१ : ०६
बिहीबार, ०१ वैशाख २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयता कार्यान्वयनको बाधक चिन्नुपर्ने बेला आएको बताएका छन् । आज लुम्बिनी प्रदेश सरकारले राखेको नयाँ वर्षको शुभकामना तथा सञ्चार सबलीकरणको लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री केसीले संघीयता कार्यन्वयनको ४ वर्ष पुगेको र यही वर्षभित्र  संविधानअनुसार निर्वाचन हुने हुँदा संघीयता कार्यान्वयनमा बाधक भएको विषयमा पत्रकारहरुलाई समीक्षा गरिदिन आग्रह गरे । उनले संघीय सरकारले प्रहरी तथा कर्मचारी ऐन नदिँदा समस्या भएको उल्लेख गर्दै संघीयता बलियो बनाउन कसले कस्तो भूमिका निर्वाह गरेको त्यो मिडियाले बाहिर ल्याउनुपर्ने बताए ।

उनले संसदलाई बन्धक बनाउने काम लोकतान्त्रिक संस्कार नभएको बताउँदै लामो समय सम्म संसद अवरुद्ध गरेर संघीयता कार्यान्वयनमा समस्या ल्याउन खोजेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप