रुसको कच्चा तेल– पश्चिमा कटौती गर्दै, एसियाली मुलुक बढाउँदै
![रुसको कच्चा तेल– पश्चिमा कटौती गर्दै, एसियाली मुलुक बढाउँदै](https://rpcdn.ratopati.com/media/albums/_111766774_oil-pumpjack_1_VBvl63cXHE.jpg)
विश्वकै शीर्ष तथा डच तेल व्यापारी कम्पनी भिटोल समूहले रुसबाट कच्चा तेल नकिन्ने भएको छ । कम्पनीले यही वर्षको अन्त्यदेखि रुसको कच्चा तेल तथा अन्य उत्पादनको खरिद तथा बिक्री बन्द गर्ने घोषणा गरेको हो ।
अमेरिकी समाचार संस्था सिएनएनका अनुसार ऊर्जा र कमोडिटिको व्यापार गर्ने डच कम्पनीले सन् २०२३ देखि रुसको तेल तथा कमोडिटीहरूको व्यापार बन्द गर्ने उल्लेख गरेको छ । छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला सुरू गरेपछि धेरै पश्चिमा कम्पनीहरूले रुससँगको व्यापार सम्बन्ध तोडेका छन् ।
यो बाहेक, शेल, टोटल इनर्जी र नेस्टे जस्ता कम्पनीहरूले पनि रुसको कच्चा तेल खरिद रोकिसकेका छन् । यद्यपि रुसले भने आफ्नो मुलुकको कच्चा तेल बेच्न धेरै प्रयत्न गरिरहेको छ । उसले प्रति ब्यारेल ३४ अमेरिकी डलरमा भारत लगायतका मुलुकलाई कच्चा तेल किन्न अफर गरिरहेको छ ।
रुसले कायम गरेको कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा कायम मूल्यभन्दा झण्डै तेब्बर सस्तो हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलर हाराहारी छ । यही बीचमा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले गरेको एक अनुमानअनुसार अप्रिलमा रुसको कच्चा तेल बिक्री दर प्रतिदिन १.५ मिलियन ब्यारेलले घट्ने छ ।
यस्तै, मे महिनादेखि रुसको कच्चा तेल बिक्री दर दैनिक ३ मिलियन ब्यारेलले घट्ने छ । यद्यपि, व्यापक छुट घोषणा गरेलगत्तै एसियाली मुलुकहरूले रुसको तेल किन्ने क्रम बढाएका छन् भने पुराना साझेदारले तेल किन्ने क्रम रोकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता