बजेटबाट सुनचाँदी र हिराको भन्सार दर वृद्धि गर्न व्यवसायीको माग
नेपाल भित्रिने सुन, चाँदी र हिरामा सरकारले कोटा प्रणाली लगाउनुपर्ने व्यवसायीहरूले सुझाव दिएका छन् । सुनचाँदी व्यवसायीले नै आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी र हिरामा कोटा लगाएर आयात निरुत्साहन गर्नुपर्ने सुझाव दिएका हुन् ।
व्यवसायीले अर्थमन्त्रालयलाई आगामी वर्षका लागि बजेट सुझाव दिने क्रममा यस्तो माग राखेका हुन् । उनीहरूका अनुसार यस्ता विलासी वस्तुको भन्सार महसुल समेत वृद्धि गर्नुपर्छ । आज अर्थमन्त्रालय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघको टोलीले यस्तो सुझाव पेस गरेको हो ।
सरकारले यही आर्थिक वर्षदेखि चाँदीको आयातलाई कडाई गरेको छ भने विदेशबाट आउने यात्रुले ल्याउने सुनमा समेत कडाई गरिएको छ । हाल चाँदीको आयातमा सतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था छ । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने यात्रुले सुन ल्याउन कडाइ गरिएको छ ।
हाल प्रति १० ग्राम सुन आयातमा ८ हजार ५०० रुपैयाँ भन्सार महसुल लाग्दै आएको छ । भन्सार विभागका अनुसार नेपालमा आयात वार्षिक अर्बौ रुपैयाँ बराबरको सुन र चाँदी आयात हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'वामदेव गौतम एकीकृत समाजवादीमा प्रदेश गर्न सकारात्मक'
-
नागरिक लगानी कोष र आईएमईबिच सेयर प्रत्याभूति सम्झौता
-
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, कार्यविभाजन २ दिनपछि
-
विद्या भण्डारीको प्रमुख आतिथ्यमा फेवा संवाद हुने
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ
-
एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल