एमाले मधेश प्रदेशमा निर्वाचन केन्द्रित कमिटीहरु गठन
स्थानीय तहको निर्वाचनमा व्यवस्थितरुपमा परिचालन हुन नेकपा एमालेले कार्य विभाजन गरेका छन् । एमाले मधेश प्रदेश समितिको बिहीबार बसेको बैठकले कार्य विभाजन गरेको हो ।
एमालेका मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठलाई धनुषा र महोत्तरीको जिम्मेवारी दिइएको छ भने प्रदेश सह इन्चार्जहरु प्रभु साहलाई सर्लाही र रौतहट, लिलानाथ श्रेष्ठलाई सिरहा, सुमनराज प्याकुरेललाई सप्तरी, पुरुषोत्तम पौडेल, अच्युतम मैनाली र ज्वाला कुमारी साहलाई बारा जिल्लाको जिम्मेवारी दिइएको छ ।
यस्तै प्रदेश अध्यक्ष राम औतार यादवलाई पर्सा जिल्लाको जिम्मेवारी दिइएको छ । यस्तै बैठकले प्रदेश कमिटीका सम्पुर्ण सदस्यहरुलाई आ–आफ्नो पालिकामा खट्ने गरी जिम्मेवारी तोकिएको एमाले मधेश प्रदेश समितिले जनाएको छ । यस्तै बैठकले निर्वाचन परिचालन कमिटी, मधेश प्रदेश स्थानिय निर्वाचन परिचालन कमिटी र विशेष निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको जनाइएको छ । विशेष कमिटीको संयोजक रघुवीर महासेठ, सहसंयोजक प्रभु साह र सदस्य सचिवमा रामऔतार यादवलाई चयन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा